दफा १०
सडक निर्माण दस्तुर
(१) नेपालभित्र पैठारी वा/उत्पादन हुने सवारी साधनमा अनुसूची-३ बमोजिम सडक निर्माण दस्तुर लगाई असुल गरिनेछ।
(२) उपदफा (१) बमोजिमको दस्तुर यो ऐन प्रारम्भ भएपछि पैठारी हुने सवारी साधनमा भन्सार बिन्दुमा भन्सार कार्यालयले र यो ऐन प्रारम्भ हुनुभन्दा पहिले पैठारी भई दर्ता हुन बाँकी रहेका तथा स्वदेशमा उत्पादन भई उपभोगमा आउने सवारी साधनको हकमा त्यस्ता सवारी साधन दर्ता गर्ने कार्यालयले दर्ता गर्दाको बखत असुल गर्नेछ।
(३) उपदफा (२) बमोजिमको सडक निर्माण दस्तुर सङ्घीय सञ्चित कोषमा दाखिल गर्नु पर्नेछ।
(४) उपदफा (२) बमोजिम सङ्कलन भएको दस्तुरको विवरण मासिक रूपमा नेपाल सरकार, अर्थ मन्त्रालयमा पठाउनु पर्नेछ।